1 line
1.5 KiB
Plaintext
1 line
1.5 KiB
Plaintext
\v 1 मेरा भाइहरू हो, केही मानिसहरूप्रति पक्षपात गर्दै महिमाका प्रभु हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूले विश्वास नगर । \v 2 विचार गर कि कोही मानिस तिमीहरूको सभामा सुनका औँठीहरू र राम्रा-राम्रा लुगाहरू लगाएर प्रवेश गर्यो र त्यहाँ एउटा गरिब मानिस पनि फोहोर पहिरनमा आयो । \v 3 यदि तिमीहरूले त्यस राम्रा-राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ र “कृपया यहाँ यस राम्रो स्थानमा बस्नुहोस्” भनेर भन्छौ, तर तिमीहरूले त्यस गरिब मानिसलाई “तँ यहीँ उभी” वा “मेरो पाउनेर बस्” भनेर भन्छौ भने, \v 4 के तिमीहरूले आफैँबिच न्याय गरिरहेका छैनौ र ? के तिमीहरू दुष्ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ र ? |