ne_jas_text_ulb/05/13.txt

1 line
1.1 KiB
Plaintext

\v 13 के तिमीहरूका माझमा कसैले कष्‍ट भोगिरहेको छ ? उसले प्रार्थना गरोस् । के कोही आनन्दित छ ? उसले प्रशंसाको गीत गाओस् । \v 14 के तिमीहरूका माझमा कोही बिरामी छ ? उसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, अनि उनीहरूले त्यसलाई प्रार्थना गरून् । प्रभुको नाममा उनीहरूले उसलाई तेलले अभिषेक गरून् । \v 15 विश्‍वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले उसलाई माथि उठाउनुहुनेछ । यदि उसले पाप गरेको छ भने, परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछ ।