ne_jas_text_ulb/02/14.txt

1 line
1.3 KiB
Plaintext

\v 14 मेरा भाइहरू हो, यदि कोही मानिसले त्यससित विश्‍वास छ भनी भन्छ तर त्यसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ? के त्यस विश्‍वासले त्यसलाई बचाउन सक्छ र? \v 15 मानोें कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र त्यसको निम्ति दैनिक भोजनको अभाव छ । \v 16 मानोें कि तिमीहरूमध्ये कसैले त्यसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिं तिनीहरूलाई दिंदैनौ भने, त्यसबाट के लाभ भयो र? \v 17 त्यसेेगरी यदि विश्‍वास पनि कामबिनाको छ भने त्यो मरेतुल्य हुन्छ ।