ne_jas_text_ulb/01/09.txt

1 line
820 B
Plaintext

\v 9 दीन भाइले आफ्नो उच्‍च अवस्थामा गर्व गरोस्, \v 10 तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने त्यो घाँसमा फलेको जङ्गली फुलझैं ओइलाएर बितिजानेछ । \v 11 किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ । फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ । त्यसैगरी, धनी मानिस आफ्नो यात्राको बीचमा नै बिलाएर जानेछ ।