\v 21 जब हाम्रा पिता अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे, के तिनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र? \v 22 तिमीहरू देख्छौ, कि तिनका कामहरूसँगै विश्‍वासले कार्य गर्‍यो, र कामहरूद्वारा नै तिनको विश्‍वास पूर्ण भयो । \v 23 धर्मशास्‍‍त्रको यस्तो भन्‍ने वचन पूरा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्यो तिनको निम्ति धार्मिकता गनियो ।” र तिनी परमेश्‍वरको मित्र कहलिए । \v 24 तिमीहरू देख्छौ, कि कामद्वारा मानिस धर्मी ठहरिन्छ, विश्‍वासद्वारा मात्र होइन ।